धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सेती अस्पतालमा पहिलो व्यक्तिको प्लाज्मा थेरापी सफल

सेती अस्पतालमा पहिलो व्यक्तिको प्लाज्मा थेरापी सफल

धनगढी

 सेती प्रादेशिक अस्पतालमा पहिलो व्यक्तिको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

 अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका५ की ५७ वर्षीया महिलाको सफल रुपमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमणको उपचार गरिएको हो ।

 भदौ १९ गते अस्पताल भर्ना भएकी ती महिलालाई आइतबार कोरोना संक्रमण निको भएका विरामीले प्लाज्मा दान गरेका हुन् । कैलाली फूलबारीका २२ बर्षे युवकले ती महिलालाई प्लाज्मा दान दिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 सूचना अधिकारी श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर र डाक्टर अशोक चौधरीको सहितको टिमले ५७ बर्षे महिलाको प्लाज्मा थेरापी बाट उपचार गरेका हुन् ।