धनगढी पोष्ट
मङ्गलबार, २३ भदौ २०७७ मा प्रकाशित
धनगढी
मंगलबार देशभर ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशलामा १० हजार ६ सय ११ नमुना परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
यस सँगै कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । उनीहरुमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २ सय ८७ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।