धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं

  नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन ।

  चिकित्सकहरुको सल्लाहअनुसार कोइराला होम आइसोलेसनमा बसेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।


ट्रेन्डिङ