धनगढी पोष्ट
बुधबार, २४ भदौ २०७७ मा प्रकाशित
धनगढी
निषेधाशा उल्लङघन गर्दै लुकीछिपी मदिरा ओसार्ने जीप र चालकलाई डोटीबाट प्रहरीले नियन्त्रणमा लगेको छ ।
दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्स एण्ड सप्लायर्सको से १ च १९२४ नम्बरको जीप मदिरा बिक्रीका लागि गाउँ लैजाँदै गरेको अवस्थामा पक्राउ परेको हो । जीफमा ३५ पेटी लिचि कम्पनिको न्यून स्तरिक मदिरा, रहेको प्रहरीले जनाएको छ । मदिरा सहित जीप इलाका प्रहरी कार्यालय दिपायलमा राखिएको इलाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीले बताए ।
कोरोना संक्रमण बढेको भन्दै डोटीमा २१ ग्ते देखी १ साताका लागि निशेधाज्ञा जारी गरिएको छ । तर लकडाउनमै मदिरा जन्य पदार्थ विक्रिवितरण सुरु भएको भन्दै डोटीमा प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको प्रहरी निरिक्षक शाहीले बताए ।