धनगढी पोष्ट
बुधबार, २४ भदौ २०७७ मा प्रकाशित
धनगढी
नेपाली काँग्रेसका संस्थापक एवं जननेता विपि कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा कैलाली काँग्रेसले स्वास्थ्य स्वयंसेविकालाई मास्क वितरण गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिमा कार्यरत २ सय १४ जना स्वास्थ्य स्वयंसेविकाहरुका लागि एन ९५ मास्क हस्तान्तरण गरिएको छ ।
आज काँग्रेसले धनगढी उपमहानगरपालिकाका मेयर मार्फत स्वास्थ्य स्वयंसेबिकालाई मास्क हस्तान्तरण गरेको हो । बिश्वमा कोरना महामारी दिन प्रतिदिन बढदै समुदायमा समेत फैलीरहेको अवस्थामा समुदायमा सबै भन्दा अगाडी रहने महिला स्वयंसेबिकालाई सहयोग पुगोस भनेर कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाहले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस कैलालीका उप सभापति प्रकाश बम, जिल्ला कार्यसम्पादन समितिका सदस्य शेर बहादुर देउवा, नृप बहादुर सुनार, पुरन चौधरी, केशब मिश्र, धनगढी नगरपालिकाका प्रमुख नृप वड, उपप्रमुख सुसिला मिश्र भट्ट, कर्मचारी युनियनका केन्द्रीय सल्लाहाकार नारायण सत्याल, धनगढी उपमहानगरपालिका वडा न ८ का अध्यक्ष नारायण बराल लगायत सहभागि थिए ।