धनगढी पोष्ट
शनिबार, ३१ जेठ २०७७ मा प्रकाशित
काठमाण्डौ
बीरगन्जमा एक दिन अघि उपचारका क्रममा मृत्यु भएका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा ती बालकमा कोरोना संक्रमण पु्ष्टि भएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्यायले बताए ।
बाराको निजगढ नगरपालिका ६ का पाँच बर्षीय बालकको बीरगन्जस्थित हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको थियो । निमोनिया र उच्च ज्वरो आएपछि अस्पताल लगिएका ती बालकको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा अस्पतालले आरडीटी परिक्षण गर्दा पोजिटिभ देखिएपछि नारायणी अस्पतालका चिकित्सक बोलाएर पीसीआर परिक्षण गरिएको थियो ।