धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

सरकारी अस्पताल नभएका ६४९ स्थानीय तहमा कम्तीमा पाँच शैयाको अस्पताल बन्दै

काठमाडौ

  सरकारले सरकारी अस्पातल नभएका ६४९ वटा स्थानीय तहमा कम्तीमा पाँच शैयाको अस्पताल बनाउन दश लाखका दरले पैसा निकासा गरेको छ ।

 कोरोना महामारीलाई रोक्न कोरोना रोकथाम तथा उपचार कोषको सिफारिस अनुसार संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पैसा निकासा गरेको हो ।

 मन्त्रालयले प्रतिबेड दुई लाखका दरले छिटो अस्पताल सञ्चालनमा ल्याउन पैसा पठाएको हो । पठाइएको रकम बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एकजना डाक्टर, दुईजना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ मापदण्ड तोकिएको छ ।

  कार्यप्रगतिका आधारमा तीन महिना पछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ ।