धनगढी पोष्ट बिहिबार, ०४ बैशाख २०८२   April 17, 2025

धनगढीका १४ सहति थप १९ जनामा कोरोना पुष्टि

धनगढीका १४ सहति थप १९ जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालाबाट धनगढीका १४ सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 बुधबार गरिएको ५ सय ७ स्वाव परिक्षणमा धनगढीका १५ सहित थप १९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 विज्ञप्ति अनुसार बुधबार संक्रमण पुष्टि हुनेमा धनगढी उपहानगरपालिका१ का दुई पुरुष, वडा नम्बर२ का एक पुरुष, वडा नम्बर३ का एक पुरुष, वडा नम्बर५ का तीन महिलार दुई पुरुष, वडा नम्बर१३ का १ महिला तथा पहिचान नखुलका ४ पुरुष रहेका छन् ।

 यसै गरी गोदावरी कैलालीका २ महिला र २ पुरुष गरी ४ जना र बाजुराको बडिमालिका नगरपालिका८ का एक पुरुषमा पनि बुधबार संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।