धनगढी पोष्ट
बिहिबार, २५ भदौ २०७७ मा प्रकाशित
बैतडी
बैतडीमा किशोरीलाई सामुहिक रुपमा बलात्कार गरेकोआरोपमा थप दुई जवना युवकलाई पक्राउ गरिएको छ । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा संलग्न रहेको आसंकामा प्रहरीले सिगासकै दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उनिहरुलाई पिडित किशोरीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा बुधबार वेलुका पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।
पक्राउ गरेकाहरु माथी पथ अनुसन्धान गर्न अदालतबाट म्याद माग गरिएको उनले बताए । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्क बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरा पक्राउ परेका थिए ।
उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक अधिकारीले भने ‘बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि नछोड्ने बताए ।घटना पहिलेकै भएपनि किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनीमाथि बलात्कार भएको घटना बाहिर आएको थियो ।
अहिले पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । सुरक्षासहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई उनलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ बर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही हुने उल्लेख छ । सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ ।