धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

करेन्ट लागेर धनगढी उप–महानगरपालिकाका कर्मचारीको मृत्यु

धनगढी

  करेन्ट लागेर धनगढी उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।

 धनगढी उपमहानगरपालीका वडा नम्बर ६ को शिवनगरमा रहेको विद्युत सर्भिस पोलमा राखिएको बत्तीको बल्ब जोडेर पोलबाट झरेर भर्याङ निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले करेन्ट लागेर घाईते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए ।