सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशाला र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय ६४ जनाको परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

 संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ४ जना, कञ्चनपुरको महाकाली नगरपालिका ६ का ३ जना, वडा नम्बर ४ का १ जना र कञ्चनपुरको कृष्णपुर नगरपालिकाकै ४ जना रहेको छन् ।

 यसैगरी डोटीको प्रयोगशालामा भएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । ८६ जनाको कोरोना परीक्षण भएकोमा ४ पुरुष र एक महिला गरी ६  जनामा संक्रमण पुष्टि भएको अस्पतालका योगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

 उनका अनुसार शुक्रबार पुष्टि भएका सवै संक्रमित डोटीको बोगटान फुडसिल गाउँपालिकाका हुन् ।