धनगढी पोष्ट
आइतबार, २८ भदौ २०७७ मा प्रकाशित
धनगढी
दार्चुलाका छुट्टा छुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगाडा स्थित लामा इजर घर भएका अन्दाजी ३२ बर्षे पुरुष दानसिंह धामीको मृत्यु भएको हो ।
शनिबार बिहान घाँस काट्न भनेर गएका धामी दिउँसो १ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतक धामीका श्रीमती र ४ छोराछोरी छन् ।
यसअघि नौगाड गाउँपालिका–३ मा एक किशोरको भीरबाट लडेर ज्यान गएको थियो । नौगाड डाडाँजामीर घर भएका १५ वर्षीय माधवसिह ठगुन्ना भीरबाट लडेर ज्यान गएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताएका छन् । घाँस काट्न गएका बेला भीरबाट लडेर ठगुन्नाको ज्यान गएको हो ।
भीरबाट करिब ३ सय मिटर तल खसेका ठगुन्ना गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा बिच बाटोमै ज्यान गएको उनले बताए ।