धनगढी पोष्ट
सोमबार, २९ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
बैतडीको पाटन नगरपालिकामा १ जना सक्रिय संक्रमितको पउचार भइरहेकोमा अन्य स्थानीय तह भनेकोरोना संक्रमित मुक्त बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवन प्रसाद जोशीलेका अनुसार बैतडीमा हाल सम्म ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ७४ जना संक्रमण मुक्त भएका छन् ।
उनका अनुसार हाल सम्म बैतडीको दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १०, पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसै गरी दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ उँपालिकामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन जोशीले बताए ।