धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

डा. गोविन्द केसी जुम्लामा अन्सन बस्दै

डा. गोविन्द केसी जुम्लामा अन्सन बस्दै

धनगढी

 स्वास्थ्य क्षत्र सुधारको माग राख्दै १८ पटक अन्सन बसेका डाक्टर गोविन्द केसी १९औं अनसन जुम्लाको कृष्ण मन्दिरमामा बस्ने भएका छन् । 

 डा. गोविन्द केसीले १९औं सत्यग्रह सोमबार जुम्लास्थित कृष्ण मन्दिरमा रहेको सार्वजनिक भवनबाट सुरु गर्ने भएका छन् । ५ महिना देखी सुदूरपश्चिम तथा कर्णालीका जनतालाई सेवा दिंदै गरेका डा. केसीले विभिन्न सुधारमा मागसहित आन्दोलन सुरु गर्न लागेका हुन् ।

डा. केसीले आफूले तीनपटकसम्म समय दिँदा पनि सरकारले माग पूरा गर्नुको सट्टा बसेको प्रणालीसमेत भत्काउने प्रयास गरेका कारण अनशन बस्न बाध्य भएको बताए । उनले पत्रकार सम्मेलन गरेर अनशन थालिहाल्ने बताए ।

 विभिन्न समय अल्टिमेटम दिँदै आएका डा. केसीले पछिल्लोपटक त्रिवि शिक्षण अस्पतालको निर्देशकमा बरिष्ठता मिचेर नियुक्ती गरिएसँगै अनशन थाल्न लागेका हुन् ।

 त्रिवि कार्यकारी परिषद्ले बरिष्ठता सूचीमा ४५औं नम्बरमा रहेका डा. दिनेश फ्लेलाई कार्यकारी निर्देशक नियूक्ती गरेको थियो । उनले निर्देशन नियुक्तीका सिफारिस कर्ता तथा बरिष्ठता मिचेर डिन बनाइएकी डा. दिब्या सिंह शाहको नियूक्ती प्रक्रिया समेत सच्याउन मा राखेका छन् ।

 त्यसबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एममिबिएस पठनपाठन अनुमति, दुर्गमका विभिन्न ठाउँहरुमा मेडिकल कलेज तथा अस्पताल स्थापना तथा सुधार र चिकित्सा शिक्षा ऐन संशोधनको माग डा. केसीले अगाडी सारेका छन् ।