धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

कैलालीका ११ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ११ सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ११ सहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा सेती अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको २ सय ७ जनाको स्वाव परिक्षणमा १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

 उनका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा कैलालीको घोडाघोडी नगरपालिकाका २ महिला र दुई पुरुष गरी ४ जना, गोदावरि नगरपालिकाका दुई पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्बर ३ र ५ का १÷१ महिला, वडा नम्बर–७ का दुई पुरुष र वडा नम्बर–१४ का १ जना पुरुष रहेका छन् ।

 यसै गरी सोमबार नै सेती अस्पतालकै प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरको वेलौरी नगरपालिका–९ का १ पुरुष र शुक्लाफाँटा नगरपालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।


ट्रेन्डिङ