धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बैतडी ५२ दिन पछि पुनः कोरोना संक्रमित मुक्त

बैतडी ५२ दिन पछि पुनः कोरोना संक्रमित मुक्त

धनगढी

 सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला ५२ दिन पछि पुनः कोरोना संक्रतिक मुक्त जिल्ला बनेको छ ।

 यस अघि बैतडी जिल्ला असार २९ गते पछि साउन १० गते सम्म संक्रमित मुक्त जिल्ला बनेको थियो । तर साउन १० गते पुनः ३ जनामा संक्रमण पुष्टि भएको थियो ।

 त्यस तया लगातार संक्रमित बढ्दै गएकोमा फेरी ५२ दिन पछि भदौ २९ गते बैतडीमा कोरोना संक्रमितको संख्या शुन्य भएको बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए । उनका अनुसार बैतडीको पाटन नगरपालिकामा एक जना संक्रमित व्यक्ति रहेकोमा ती व्यक्ति सोमबार संक्रमण मुक्त भएर घर फर्केका थिए ।

 बैतडी जिल्लामा हाल सम्म ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सवै निकोभएका कोरोना फोकल पर्सन जोशीले बताए ।

 उनका अनुसार बैतडीमा १२ हजार ७६ जना भारत तथा जिल्ला बाहिरका अन्य स्थानबाट फर्केर क्वारेन्टिनमा बसेका थिए । ती मध्ये हालसम्म ४ हजार २८ जनाको पीसीआर परीक्षण भएको छ ।