धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बैतडी बाट असोज १ गते देखी पिसिआर परिक्षण हुने

बैतडी बाट असोज १ गते देखी पिसिआर परिक्षण हुने

बैतडी

 प्रदेश सकरारले खरिद गरी बैतडीका लागि वितरण गरेको पिसिआर मेसिन जडा कार्य सम्पन्न भएपछि असोज १ गते देखी परिक्षण थाल्ने तयारी गरिएको छ ।

 सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउने उक्त प्रयोगशालाको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्ने कार्यक्रम छ ।

 प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनामा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ ।

 प्रयोगशाला सञ्चालन गर्न करिब ४० लाख खर्च भएको जिल्ला अस्पताल बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए । बैतडीमा पिसिआर मेसिन जडन भए संगै सुदूरपश्चिममा चार वटा मेसिनबाट तीन प्रयोगशालामा परिक्ष हुनेछ ।

 यस अधि संघिय सरकारले उपलब्ध गराएको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको पिसिआर मेसिन, सेतीमै प्रदेश सरकारले जडान गरेको पिसिआर मेसिन, प्रदेश सरकारलनै जडान गरेको डोटिको पिसिआर मेसिन र बैतडीको पिसिआर मेसिनबाट कोरोना परिक्ष हुनेछ ।

 सेती अस्पतालमा भने दुई पिसिआर मेसिनको एउटै प्रयोग शाला रहेको छ । यसका अलावा बझाङका स्थानीय तहले आफ्नै पहलमा पिसिआर मेसिन खरिद गरी जडान कार्य थालेका छन् ।