धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

डोटीका थप २९ जनामा कोरोना पुष्टि

डोटीका थप २९ जनामा कोरोना पुष्टि

धनगढी

 डोटी स्थित डोटी अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा डोटी जिल्लाकै २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा डोटी अस्पतालको प्रयोगशालामा १ सय ४५ जनाको स्वाव परिक्षण गरिएको थियो  ।

 अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार आज संक्रमण पुष्टि हुनेमा डोटीको सुल्लेखका १९ पुरुष, आदर्श गाउँपालिकाका १ पुरुष र दिपाय सिलगढी नगरपालिकाका ६ पुरुष तथा ३ महिला गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यो संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या ९ सय ४३ पुगेको छ । जसमा ९० जना सक्रिय संक्रमित रहेका छन् भने अन्य निकोभएर घर गएका छन् ।


ट्रेन्डिङ