सुदूरपश्चिममा मंगलबार ५४ जनामा कारोना संक्रमण पुष्टि

सुदूरपश्चिममा मंगलबार ५४ जनामा कारोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपशिचम प्रदेशमा मंगलबार थप ५४ जनामा कारोना संिक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालमा १३, डोटी अस्पतालमा २९ र डडल्धुरा अस्पतालमा १२ गरी ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 पछिल्लो २४ घण्टाको अवधीमा डोटी अस्पतालको प्रयोगशालामा १ सय ४५ जनाको स्वाव परिक्षण गरिएकोमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 अस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठका अनुसार ती मध्य डोटीको सुल्लेखका १९ पुरुष, आदर्श गाउँपालिकाका १ पुरुष र दिपाय सिलगढी नगरपालिकाका ६ पुरुष तथा ३ महिला गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 यो संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या ९ सय ४३ पुगेको छ । जसमा ९० जना सक्रिय संक्रमित रहेका छन् भने अन्य निकोभएर घर गएका छन् ।

 मंगलबार नै डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप १२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा डडेल्धुरा अस्पतालमा गरिएको ६८ जनाको स्वाव परिक्षणमा बैतडीका ८, बझाङका १ र दार्चुलाका ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार आज संक्रमण पुष्टि हुनेमा बैतडीको दशरथ चन्द नगरपालिका७ का ६ जना, डिलाशैनी गाउँपालिकाका २ जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना, महाकाली नगरपालिकाका १ जना र बझाङको दुर्गाथली गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको ४ सय ३४ जनाको स्वाव परिक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा गोदावरी नगरपालिकाका २ महिला ७ पुरुष गरी ९ जना, धनगढी उपमहानगरपालिका वडा नम्बर ८ र ६ का १÷१ जना र वडा नम्बर ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।