धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

फुड प्वइजन हुँदा गोदावरीका १८ जना बिरामी, १ को मृत्यु

फुड प्वइजन हुँदा गोदावरीका १८ जना बिरामी, १ को मृत्यु

धनगढी

गाउँमा भएको श्राद्धमा भोजन गरेर फर्केका गादावरी नगरपालिका१० खमौराका १८ जना फुड प्वइजनका कारण बिरामी परेका छन् । बिरामी मध्य १ जनाको मृत्यु भएको गोदावरी१० का वडा अध्यक्ष रबिन्द्र शाहीले बताए ।

फुड प्वाइजनकै कारण बिरामी परेर उपचार गराइरहेका खमौराका सुरेश बोहराको मृत्यु भएको वडा अध्यक्ष शाहीले बताए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

वडा अध्यक्ष शाहीका अनुसार भदौ २७ गते गाउँको एकघरमा श्राद्ध भोज खाएर फर्केका गाउँले सोही दिन राती देखी बिरामी परेका थिए ।

 पखाला चल्ने र बान्ता हुने समस्या देखापरेका गाउँलेले सुरुमा स्थानीय स्तरमै उपचार गरेपनि स्वास्थ्यमा गम्भिर समस्या देखापरेपछि सेती प्रादेशिक अस्पताल लगायत सुबिधा सम्पन्न निजी अस्पतालमा बिरामीको उपचार थालिएको हो ।

उनका अनुसार विरामी मध्य तीन जनाको धनगढी स्थित नवजिवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पताल, केहीको अत्तरिया स्थित पद्मा अस्पतालमा र केहीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।

२७ गतेकै श्राद्धमा सहभागि भएका अन्य तीन चार जना पनि गाउँमा विरामी परेकाले उनिहरुलाई समेत अस्पताल भर्ना गर्ने तयारी भइरहेको वडा अध्यक्ष शाहीले बताए ।

सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले खानाका कारण बिरामीको मृत्यु भएपनि कारण पत्ता नलागेको बताए । खाना राखेको भाँडा, खाना राखेको स्थान, पाके नपाकेको जस्ता धेरै कुराले फुड प्वाइजन हुन सक्दछ बरिष्ठ फिजिसियन डाक्टर कमरले भने–‘यसका अलावा खाद्य वस्तुमा मिसावट हुँदा पनि स्वास्थयमा असर पर्न सक्दछ ।