धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

फुटेको अनुहारको निसर्गमा सफल सल्यक्रिया

नाक र अनुहारका हट्टि टुक्रा टुक्रा भएर भाचिएको र नाक मुखको आकार बिग्रिएको अवस्थामा अस्पताल पुगेकी पार्कीको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

फुटेको अनुहारको निसर्गमा सफल सल्यक्रिया

 

धनगढी

  फुटेको अनुहारको धनगढी स्थित निसर्ग हस्पिटलमा सफल सल्यक्रिया भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ शान्तिपुरकी ३६ वर्षीया गोमती पार्कीको लिफ्टबाट खसेर फुटेको अनुहारको निसर्गमा सफल शल्यक्रिया गरिएको हो ।

   नाक र अनुहारका हट्टि टुक्रा टुक्रा भएर भाचिएको र नाक मुखको आकार बिग्रिएको अवस्थामा अस्पताल पुगेकी पार्कीको सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । वरिष्ठ मुख, अनुहार तथा बङगारा विशेषज्ञ डाक्टर दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा लगायतको टिमले उपचार ती महिलाको उपचार गरेका हुन ।

  चिकित्सकहरुका अनुसार उनको बिग्रेको नाक मुखको आकार मिलाईएको भने स साना प्लेट राखेर टुक्रेका नाक र मुखका हड्डीलाई मिलाएको छ । म्याग्जिलो फेसियलको स्पेसल टिमले धनगढीमै पहिलो पटक अनुहारको यति ठूलो सल्यक्रिया गरेको अस्पताल प्रशासनले दावी गरेको छ ।

   कोरोना कहरका बीचमा पनि अस्पतालले जटिल खालका अप्रेसन गरिरहेको छ । दैनिक ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्ने ती महिलाको सहुलियत दरमा उपचार गरिएको अस्पतालले जनाएको छ ।