धनगढी पोष्ट
शुक्रबार, १३ भदौ २०८३ मा प्रकाशित
सुदुरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको लागि २ करोड रुपैया दिने भएको छ । मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रवार बिहान बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले दिने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय समेत गरेको छ ।