धनगढी पोष्ट
बुधबार, १५ असोज २०८३ मा प्रकाशित
धनगढी । नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश समितिले धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा रहेको न्यु कालिका आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई खिर खुवाएको छ । २६ औं बिश्व स्कुल दुध दिवसको उपलक्ष्यमा एशोसिएसनले बिद्यार्थीहरुलाई खिर खुवाएको हो ।
दुध स्वास्थ्यका लागि निकै फाइदाजनक भएकोले दुध खाने बानीको बिकासका लागि बिद्यालयमा नै कार्यक्रम गरेर बिद्यार्थीहरुलाई खिर खुवाइएको नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेशका अध्यक्ष भुपेन्द्र थापाले बताए ।
दुध पुर्ण खाना भएको बताउँदै अध्यक्ष थापाले दाल, भात, तकारी, अचार, माछा, मासुमा भएको पोषण दुध एउटैमा हुने बताउँदै अध्यक्ष थापाले दुधको खाने बानीको बिकास स्वास्थ्यका लागि आवश्यक भएको बताए ।
दुधले बजारमा भएको पैसालाई गाउँमा पुरयाउने गरेको बताउँदै थापाले भने ‘दैनिक पाँच करोड रुपैयाका दुधका कारण नै गाउँ गइरहेको छ । शहरबाट गाउँ पैसा जाने अरु कुनै कुरा छैन ।’
दुधले रोजगारी पनि सिर्वना गरेको अध्यक्ष थापाले बताए ।
सुदुरपश्चिम प्रदेश सभाको सामाजिक बिकास समितिका सभापति धर्मराज पाठकले दुध परम्पराकालदेखि नै उपभोग भैरहेको र यसले शारिरीक बिकासका लागि फाइदाजनक भएको बताउँँदै पाठकले दुधका बारेमा समाजमा प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
प्रदेश सभा सदस्यद पाठकले बालबालिका र बृद्धबृद्धहरुमा दुध खाने बानीको बिकास गर्न आवश्यक रहेको र यस्ता खालका कार्यक्रमले त्यसमा सहयोग गर्ने प्रदेश सभा सदस्य पाठकले बताए ।
पहिले आफनो खपतका लागि मात्र उत्पादन हुने गरेको दुध अहिले व्यावसायिक रुपमा बिकास भैरहेको, दही, मोही, पनिर सहितका परिकार उत्पादन भैरहेको र यसले रोजगारी प्रवद्र्धन गरेको, आर्थिक चलायमान गरेको पाठकले बताए ।
शरीरका लागि आवश्यक पोषणको कमी वा बढी भएमा शरीरमा समस्या आउने बताउँदै पाठकले दुध खाने बानीको बिकास र दुग्ध व्यवसार्य प्रवद्र्धन गर्न आवश्यक रहेको सभापति पाठकले बताए ।
कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्सालले दुग्ध उत्पादनको काम व्यावसायिक रुपमा बिकास हुँदै गएको बताउँदै यसले उपभोक्ताको स्वास्थ्य सुधार र रोजागारीको सिर्जना पनि गर्ने बताए ।
न्यु कालिका आधारभुत बिद्यालयका प्रधानाध्यापक बालाराम जोशीले स्थानीय समुदायमा सामदायिक बुझाईका काण दुध खार्ने बानी नभएको बताउँदै अब दुधका उत्पादनहरु बिद्यालयको नास्ताका रुपमउपभोग गर्ने बताए ।
कालिका सामुदायिक बनका अध्यक्ष एवम बिद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष डम्बरराज गिरीले दुध उत्पादन बढिरहेको र यसबाटअसमुदायले आम्दानी पनि गरिरहेको बताए ।
नेपाल डेरी एशोसिएसनका प्रदेश अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमम स्वागत मन्तव्य नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष राम कुँवरले व्यक्त गरेका थिए । कार्यक्रम संचालन नेपाल डेरी एशोसिएसन कैलालीका अध्यक्ष डम्बर शाहले गरेका थिए ।
सो अवसरमा नेपाल डेरी एशोर्सिसनले न्यु कालिका आधारभुत बिद्यालयका बिपन्न बिदार्थीहरुको लागि आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको थियो । सामाग्री एशोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण हमाल र प्रदेश अध्यक्ष थापाले बिद्यालयका प्रधानाध्यापक बालाराम जोशीलाई हस्तान्तरण गरेका हुन् ।