धनगढी पोष्ट बुधबार, १५ असोज २०८३   September 30, 2026

किसान सहकारीद्धारा शेयर सदस्यको निधनमा सुविधा बितरण

किसान सहकारीद्धारा शेयर सदस्यको निधनमा सुविधा बितरण

धनगढी । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्य   ज्ञान शाहीको निधनमा श्रद्धान्जली सभा तथा सुविधा बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

किसान सहकारीको मोतीचोक  शाखा अन्तर्गतका शेयर सदस्य   शाहीको निधनमा आयोजित सभामा शाहीका परिवारलाई  ४ लाख ४६ हजार ३ शय ९६ रुपैया सुविधा वापत वितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि धनगढी उप महानगरपालिकाका वडा नम्बर  १२ का  वडा सदस्य  इन्द्रामाया तामाङले मृतक शाहीकी बुहारी उर्मिला शाहीलाई चेक हस्तान्तरण गरेकी हुन् ।

किसान सहकारीको शाखा समन्वय उपसमिती सदस्य कृष्णा कुमारी देउबा बमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  किसान बहुउदेश्यीय सहकारी संस्थाका शाखा प्रमुख  भरत बहादुर बिष्ट र केन्द्र न  १५७१ का केन्द्र प्रमुख बिमला देबी खनालको सहभागिता रहेको थियो ।