धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बाजुराको स्याउ ‘जसले एकपटक खायो, उसले स्वाद थाहा पायो’

बाजुराको स्याउ ‘जसले एकपटक खायो, उसले स्वाद थाहा पायो’

धनगढी

 ‘जसले एकपटक खायो, उसले स्वाद थाहा पायो भन्ने नाराका साथ यस  पटक पनि बाजुरामा उत्पादित स्याउ धनगढी पु¥याइएको छ ।

यस बर्ष यही नाराका साथ बाजुरको स्याउ सरकारी अनुदान मार्फत धनगढी पु¥याइएको हो ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीका अनुसार धनगढीको ट्राफिक चौराहमारहेको हिमाली होटललाई बाजुराको स्याउन बिक्री स्थान तोकिएको छ । दुई सय १२ पेटी स्याउँ नेपालगञ्ज हुँदै धनगढी पुगाइएको किृषि प्रसार अधिकृत जैशीले बताए ।

 ज्ञान केन्द्रका अनुसार स्याउन किसानले निर्माण गरेको सञ्जाल समितिले प्याकिङ्ग र ग्रेडीङ्ग गरेर कृषकहरुलाई स्याउँको मुल्य बुझाउँछ र सोही अनुसार प्याकिङ हुने गर्दछ ।

 प्याकिङ स्याउ कोल्टि विमानस्थल सम्म किसानले नै पु¥याउने गर्दछन् ।

 स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका किसानका स्याउ बारिमै कुहिने अबस्थामा भएपछि यस बर्ष कृषि ज्ञान केन्द्र बाजुराले ६ सय क्वीन्टल ढुवानी अनुदान मार्फत बजार सम्म पुगाउँने उदेश्य राखेको केन्द्रका कृषि प्रसार अधिकृत जैशीले बताए ।

उनका अनुसार किसानले बारिबाट स्याउ टिपेर बजार सम्म ढुवानी गर्दा लागने खर्च व्यहोर्ने र किसान तथा व्यापारीका विच समन्वय गर्नेकाम कृषि ज्ञान केन्द्रले गर्दै आएको छ ।

 जैशीका अनुसार जगन्नाथदेखि पिलिचौर र जुकोटदेखि पिलिचौरसम्म प्रतिकिलो १८ रुपैयाँ ७५ पैसा, कोल्टीदेखि मार्तडीसम्म १८ रुपैयाँ ९० पैसा र पाण्डुसेनदेखि मार्तडीसम्म १३ रुपैयाँ ५० पैसा प्रतिकिलो ढुवानी अनुदान निर्धारण गरिएको छ ।

 किसानले भने व्यापारीलाई प्रतिकिलो १५ रुपैंयाका दरले स्याउ बिक्रि गर्दै आएका छन् ।