धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

विश्व खाद्यको राहत पार्टी कार्यकर्तालाई बाँडेको आरोप

विश्व खाद्यको राहत पार्टी कार्यकर्तालाई बाँडेको आरोप

भजनी

 कैलालीको भजनी नगरपालिकाका बाढी पिडित परिवारका लागि विश्व खाद्यले वितरण गरेको राहत नगरपालिकाका पदाधिकारीले कार्यकर्तालाई बाँडेको आरोप बाढीलपीडितहरुले लगाएको छन् ।

 भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीलाई बिहीवार भजनी वाढिपिडित संघर्ष समितीले ज्ञापन पत्र बुझाउदै राहत आफन्तलाई  बितरण गरिएको भन्दै राहत बितरणका आधार माग गरेको हो । 

 विश्व खाद्य कार्यक्रमले भजनी वडा नम्बर८ का ९ सय १४ बाढि पिडित घरपरिवारलाई प्रति परिवार ९ हजार का दरले नगद राहत वितरण गरेको थियो ।

 विश्व खाद्यय कार्यक्रमले  भजनीका वाढी पिडितलाई वितरण गरेको राहतमा अनियमितता भएको भन्दै संघर्ष समितिले तत्काल त्यसको छानविन गर्न समेत माग गरेको छ ।

  वाढिपिडित संघर्ष समिति अध्यक्ष ओम पाण्डेले राहतमा गरिएको बिभेदको छानबीन हुनु पर्ने बताए ।

   ज्ञापनपत्र बुझाइसकेपछि आयोजित कोणसभामा  नेपाली काग्रेस महासमिती सदस्य बीर बहादुर हमाले राहतमा अनियमितता भएको आरोप लगाए । उनले वास्तविक पिडितको तथ्याङ्क लुकाएर जनप्रतिनिधीले कार्यकर्ता संगै आफन्तलाई बाँडेको आरोप लगाए ।

  स्थानीय गोकेन्द्र भण्डारीले जनप्रतिनिधिसंगै विश्व खाद्य कार्यक्रमका कर्मचारीको समेत मिलोमतोमा राहतमा मनपरि भएको आरोप लगाए ।

  भजनी५ का बाढी पिडित खोजराम चौधरीले जनप्रतिनिधीले जानी,जानी गैर वाढी पिडितलाई राहत वितरण गरेको बताए । .  

   भजनी ८ का वाढिपिडित भल्मान्सा मोतिराम चौधरीले जनप्रतिनिधिको निर्देशनमा गैर पिडितलाई राहत वितरण गर्दा जनप्रतिनिधि तथा वितरण कार्यमा संलग्न व्यक्तिले पिडित नागरिक महाँ गएर माफी मागेको उदाहरण कोण सभामा दिए .

    छविराम पोख्रेलले बाढिपिडितलाई चाउचाउ र चिउरा वितरण गनर् भन्दा नदि तटवन्ध, उच्च घर निर्माण गरिन पर्ने बताए .

    ज्ञापन पत्र बुझ्दै नगर प्रमुख चौधरीले सवैलाई समान रुपमा राहत वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।