धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

बलात्कारमा संलग्न भएको आरोपमा थप एक पक्राउ

बलात्कारमा संलग्न भएको आरोपमा थप एक पक्राउ

धनगढी
  किशोरीलाई सामुहिक बलातकारमा संलग्न भएको आरोपमा कञ्चनपुरको वेल्डाँडीका थप एक युवक पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा वेल्डाँडी गाउँपालिकाका २२ बर्षे सुरज साउँद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई भदौ १४ गते देखी बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए । 
 बलात्कार आरोप लागेपछि फरार साउँदलाई बेलौरी नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको उनले बताए । सोही घटनामा संलग्न भएको आरोपमा यस अघि दुई जना पक्राउ परेका प्रहरी प्रबक्ता थापाक्षेत्रिले बताए । 
 घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई प्रहरीले कारवाहीको दायरामा ल्याईएको छ ।