धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

डडेल्धुरा अस्पतालको प्रयागशालामा थप २६ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयागशालामा थप २६ जनामा कोरोना पुष्टि

धनगढी
 डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
 शनिबार गरिएको १ सय ८६ जनाको स्वाव परिक्षणमा दार्चुलाका २१, बैतडीका २ र डडेल्धुराका ३ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ । 
 अस्पतालका अनुसार शनिबार संक्रमण पुष्टि हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका १ जना, बैतडीको पाटन नगरपालिकाका २ जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ जना र अमरगढी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।


ट्रेन्डिङ