सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि

धनगढी
 सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएकास्वाव परिक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी तथा बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो ।

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका१२ का चार जना, धनगढी उपमहानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर २ का एक जना र जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको छ । उनका अनुसार बझाङको खप्तड छान्नाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।

 उता डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

 अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले शुक्रबार एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा संक्रमण पुष्टि भएको बताए ।

 उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई जना, अमरगढी नगरपालिकाका एक जना र बैतडीको पाटन नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।