धनगढी पोष्ट
शनिबार, ०३ असोज २०७७ मा प्रकाशित
धनगढी
संविधान दिवसको अवसरमा सुदूरपश्चिममा १४ जना कैदीको कैद मिनाहा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका १४ जनाले कैद र जरिवाना समेत माफी गरेकी हुन ।
माफी पाउनेमा डडेल्धुराका पाँच, कैलालीका र बाजुराका तीन÷तीन, बझाङ, दार्चुला र कञ्चनपुरका एक÷एक जनाको कैद माफी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
बाजुरामा कर्तव्य ज्यान मुद्दाका दुई जना र ज्यान मार्ने उद्योगका एक जना, कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक जना र सवारी ज्यान मुद्दाका दुई जना, बझाङमा, दार्चुला र कञ्चनपुरका एक÷एक जना कर्तव्य ज्यान मुद्दाका रहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए । कैद माफी भएका उनीहरु सबै शनिबार नै जेलमुक्त भएका छन् ।