धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न

कोरोना नियन्त्रणमा सरकारको लाचारीपन : डाक्टर केसी

कोरोना नियन्त्रणमा सरकारको लाचारीपन : डाक्टर केसी

दयाराम पण्डित

बाजुरा

  प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डाक्टर केदारनशिंह केसीले  कोरोना संक्रमण नियन्त्रणमा सरकारको लाचारीपन भएको बताएका छन् ।

    प्रजातान्त्रिक विचार समाज सुदूरपश्चिम प्रदेश समितीको शनिवार सम्पन्न प्रथम जुम अबिधेशनमा वोल्दै अध्यक्ष केसीले  खाद्यन्न , शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आबस्यकता नागरिकका संविधानप्रदत्त मौलिकहक अन्तगत पर्ने बताए  ।  उनले भने–‘कोरोना नियन्त्रणका नाममा करोडौं रुपैंया खर्च गरेको छ, तर कोरोना भाईरसको संक्रमण तीब्ररुपमा फैलिरहेको छ ।

  यतिवेला कोरोना माहामारीका कारणले जनता भोकभोकै बस्दापनि  सरकारले कुनै ठोस योजना ल्याउन नसकेको केसीको आरोप  छ । उनले भने– ‘दैनिक हजार वढिको संख्यामा कोरोना संक्रमित देखापरेका छन्, करोडौं रुपिया खर्च भएको छ । सरकारी खर्च बढिरहेको छ तर, नागरिकले कोरोना संक्रमणवाट बच्न कुनै राहात महशुस गर्न सकेका छैनन् ।

 अर्को प्रसंगमा अध्यक्ष केसीले भने–‘नेपाली नागरिकले राजनीतिक स्थायित्वका लागि पटक पटक लडाई लड्यौं तर,जनताले लोकतन्त्र शुुसासनको प्रत्याभुति गर्न पाएका छ्रैनन्, देशमा साँसद अपरहरण देखि अराजक गतिविधी मात्र बढेका छन् । सरकारका यस्ता गलत प्रबृत्ती रोक्न लोकतन्त्रको संरक्षण र संविधानको अक्षरसः पालना गर्न लोकतन्त्रवादीले निश्पक्षरुपमा पैरबी गर्ने बेला आएको  समाजका अध्यक्ष केसीले बताए ।

  त्यसैगरी वरिष्ठ पत्रकार एबं प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले नेपालको संविधान २०७२ पाँच वर्ष पुगेको अवसरलाई आजको दिनगुरुत्वदिन भएको बताए । लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट समाजवादमा तात्विक भिन्नता रहेको बताउँदै  उनले अहिले देशमा कम्युनिष्टको सरकारले गैह्र लोकतान्त्रिक आचरणवाट सरकार सञ्चालन गरेको टिप्णी गरे । संविधानप्रदत्त लोकतान्त्रिक आचरण अनुकुलको समाजवाद लुकाएर आफु अनुकुलको समाजवादकोे ब्याख्या नगर्न सरकारलाई पत्रकार वाग्लेले आग्रह गरेका छन् ।

 प्रजातान्त्रिक विचार समाज नेपाल सुदुरपश्चिम प्रदेशले आयोजना गरेको जुम कार्यक्रममा केन्द्रीय महासचिव गोकर्ण अर्याल, महिला वष्ठि उपाध्यक्ष डाक्टर विमला शाक्य, उपाध्यक्ष डाक्टर ईश्वरी राज लौडारी सचिव डाक्टर बासुदेभ भण्डारी, डाक्टर बीरबहादुर कार्की, सिवि मल्लएक नं प्रदेश संयोजक बद्री तामाङ्ग,२ नं प्रदेश संयोजक चुन्नीशरण यादव, गण्डकी प्रदेश संयोजक एबं प्रविधि संयोजनकर्ता डाक्टर अक्कल देव मिश्र, ५ नं प्रदेश संयोजक शंकर दिवस मजगैयाँ, र नवनिर्वाचित सुदुरपश्चिम प्रदेश संयोजक डाक्टर लक्ष्मीराज पण्डित, सल्लाहाकारहरु र सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले शुभकामना मन्तब्य राखेका थिए । लोकतन्त्र खतरामा पर्दा आआफ्नो क्षेत्रबाट विचार र प्रबाहको माध्यामवाट रक्षा गर्ने प्रतिवद्धता जाहेर गरेका छन्  ।

 प्रजातान्त्रिक विचार समाज सुदूरपश्चिम प्रदेश सँयोजक प्राध्यापक डाक्टर लक्ष्मीराज पण्डितको अध्यक्षतामा गठित  १५ सदस्यीय प्रदेश कार्यसमितीलाई आजै केन्द्रीय समितीले अनुमोदन गरेको  कार्यक्रमका प्रमुख अध्यक्ष एबं केन्द्रीय अध्यक्ष डाक्टर केदारनरसिंहं केसीले जानकारी दिए ।

  प्रदेश कार्य समितीमा बेदराज जोशी सचिव, श्यामसिंह मौनी कोषाध्यक्ष, नौ वटै जिल्लाका अध्यक्ष पदेन सदस्य रहने छन् । प्रदेश सल्लाहकारमा डाकटर भोजराज पन्त, शुरेन्द्र चन्द, धर्मदेब भट्ट, यज्ञराज पाठक, टेकराज जोशीलाई सर्बसम्मत चयन गएिको सचिब बेदराज जोशीले जानकारी दिए ।

  नव गठित समितिका  अध्यक्ष पण्डितले निकट भविश्यमा सुदूरपश्चिमम बौद्धिक भेलाको आयोजना गरी लोकतन्त्रको रक्षाका निम्ती बैचारिक वहस छलफल चलाउने प्रतिवद्धता जाहेर गरेका  छन् ।  कार्यक्रममा देशभरीका सय भन्दा बढी लोकतन्त्रवादी बौद्धिक ब्यक्तित्वको सहभागिता रहेको थियो ।