धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सञ्चारकर्मी पहराईको हत्या गरिएको परिवारको दावी

सञ्चारकर्मी पहराईको हत्या गरिएको परिवारको दावी

धनगढी

    कैलालीको सुखडमा शुक्रबार मृत अवस्थामा फेला परेकी सञ्चारकर्मी निर्मला पहराईले आत्महत्या गरेको नभई हत्या गरिएको उनका परिवारहरूले दावी गरेका छन् ।

  घोडाघोडी नगरपालिका सुखडमा रहेको कैलाली एफ.एममा कार्यरत २२ बर्षिया  पहराई ३१ भदौबाट सम्पर्क विहीन भएकी थिइन् । उनी हराएको ३ दिन पछि शुक्रबार घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक बनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

   शनिवार धनगढीमा मृतकका आफन्तले पत्रकार सम्मेलन गरि निर्मलाले आत्महत्या नगरेको उनको हत्या भएको दावी गरेका छन् । मृतक निर्मलाका दाई बिशाल पहराईले आफ्नो बैनीको हत्या गरि झुण्डाईएको  दाबी गरे । शव हेर्दा पनि थाहा हुन्छ त्यो आत्महत्या होइन हत्या हो उनले भने –‘बैनीको हत्या गर्नेलाई कडा कारबाही    हुनुपर्छ ।

 उनले घटनाको गम्भिरतापुर्वक अनुसन्धान गरिदिन पनि आग्रह गरेका छन् । पहराईको शव अहिले पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । मृतक निर्मलाका दाई बिशालले भने– ‘घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न दिदैनौं ।

घटनाको छानबिनको लागि प्रहरीले संचारकर्मी समेत रहेका स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ । कैलालीका बिभिन्न अधिकारवादी संघ संस्थाले सञ्चारकर्मी पहराईको घटनाबारे छानबिनको माग गरेका छन् ।

 दलित सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिवार साझा विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको समेत माग गरिएको छ ।