धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिममा ८ सय १७ सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

सुदूरपश्चिममा ८ सय १७ सक्रिय संक्रमित, कुन जिल्लामा कति ?

धनगढी

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्य ८ सय १७ जना सक्रिय अवस्था अथवा उपचाररत संक्रमित छन् ।

 सुदूरपश्चिममा ६ हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय २४ जना निको भएर घर गइसकेका छन् ।

 स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार हाल सवै भन्दा बढी सक्रिय संक्रमित कैलाली जिल्लामा रहेकाछन् भने कम संक्रमित हुने जिल्ला ३ वटाछन् ।

 हाल कैलाली जिल्लामा ४ सय ३० कोरोनाका सक्रिय संक्रमित हुँदा बाजुरा, डडेल्धुरा र दार्चुलामा समान ९÷९ जना सक्रिय संक्रतिम रहेका छन् । निर्देशनालयका अनुसार सक्रिय संक्रमित बढी हुने दोश्रो जिल्ला डोटी रहेको छ ।

 डोटीमा शनिबार सम्म १ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी अछाममा ६६, बैतडीमा ६५, बझाङमा ५९ र कञ्चनपुरमा ५१ जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ ।