धनगढी पोष्ट
आइतबार, ०४ असोज २०७७ मा प्रकाशित
धनगढी
नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका सैनिकको मृत्यु भएको छ ।
रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४बर्षे सैनिक जवानको मृत्यु भएको हो ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार मृतक लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।
पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
उनको शव व्यवस्थापन समेत भइसकेको पौडेलले बताए । हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् ।
त्यु