सुदूरपश्चिमका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सुदूरपश्चिम प्रदेशमा थप ४४ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

 धनगढी स्थित सेती प्रादेशिक अस्पता, डडेल्धुरा अस्पताल, डोटी अस्पताल र बैतडी अस्पतालको प्रयोगशालामा गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 सोमबार थपिएका संक्रमितहरुमध्य सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार सोमबार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिका१ का ५ महिला, वडा नम्बर२ का ३ पुरुष, वडा नम्बर५ का १ जना र वडा नम्बर१३ का १ जनामा संक्रमण पुष्टि भएको छ ।

 यसै गरी कैलालीको टिकापुर नगरपालिकाका ३, कञ्चनपुरको वेदकोट नगरपालिकाका २ र पहिचान नखुलेका १ जनामा पनि सोमबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यसै गरी डोटीमा गरिएको कोरोना परिक्षणमा अछामका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा अछामको रामारोशन गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार बझाङको खप्तडछान्ना गाउपालिकाका ८, थलारा गाउपालिकाका ८ र छबीसपाथीभरा गाउपालिकाका १ जनामा संक्रमण भएको अस्पतालले जनाएको छ ।

 यसै गरी बैतडी जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।