धनगढी पोष्ट
सोमबार, ०५ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमण पुष्टि भएका मध्य ८ सय ७७ जना सक्रिय अवस्था अथवा उपचाररत संक्रमित छन् ।
सुदूरपश्चिममा ६ हजार ५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ४६ जना निको भएर घर गइसकेका छन् ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार हाल सवै भन्दा बढी सक्रिय संक्रमित कैलाली जिल्लामा रहेकाछन् भने कम संक्रमित हुने जिल्ला बाजुरा छ ।
हाल कैलाली जिल्लामा ४ सय ५१ कोरोनाका सक्रिय संक्रमित हुँदा बाजुरामा ९ जना सक्रिय संक्रतिम रहेका छन् । निर्देशनालयका अनुसार सक्रिय संक्रमित बढी हुने दोश्रो जिल्ला डोटी रहेको छ ।
डोटीमा शनिबार सम्म १ सय १९ जना सक्रिय संक्रमित रहेका छन् । यसै गरी अछाममा ७६, बैतडीमा ६८, बझाङमा ७१, डडेल्धुरामा १२, दार्चुल्लामा ३०, र कञ्चनपुरमा ४० जना सक्रिय संक्रमित रहेका निर्देशनालयले जनाएको छ ।