धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

डडेल्धुरा परीक्षणमा बझाङका १६ सहित २० जनामा कोरोना पुष्टि

डडेल्धुरा परीक्षणमा बझाङका १६ सहित २० जनामा कोरोना पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

 उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।