धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन नपाएपछि बर्दियाका स्थानीय तहका कर्मचारी आन्दोलनमा

आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन नपाएपछि बर्दियाका स्थानीय तहका कर्मचारी आन्दोलनमा

गुलरिया

आधिकारिक ट्रेड युनियनको निर्वाचनमा भाग लिन नदिएपछि  बर्दिया जिल्लाका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन्

   निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा विभिन्न स्थानीय तहमा पदस्थापन भएका कर्मचारीहरुले भाग लिन नपाउने भनी गरेको निर्णयप्रति आपत्ति जनाउँदै कर्मचारीहरु आन्दोलित भएका हुन्

  स्थानीय तह कर्मचारी हक हित मञ्च जिल्ला कार्य समिति बर्दियाले बुँदे माग सहितको ज्ञापनपत्र निर्वाचन अधिकृतको कार्यालयलाई बुझाएर आन्दोलन शुरु गरेका हुन्

   आफुहरुलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको भन्दै उनीहरुले सोमबार हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन्

  एउटै ऐन अनुसार आफुहरुले नियुक्ति पाए पनि कर्मचारीबीच विभेद सृजना गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेकाले निर्णय सच्याउनु पर्ने कर्मचारीहरुको माग