धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

वामदेवको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

वामदेवको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ

   नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा नियुक्तिको निर्णय बदरको माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको संविधानको मर्म विपरीत उनको नियुक्ति भएको दाबी सहित सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्

   गौतमलाई मन्त्रिपरिषदमा समावेश गर्ने चर्चा भइरहेको भन्दै रिटमा सो हुन नदिन अन्तरिम आदेश माग गरिकएको वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णय सिफारिस तथा यसको आधारमा गरिएका सबै कामकारबाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर गरिपाऊँ, रिटमा थप माग गरिएको , ‘प्रतिषेधको आदेशद्वारा वामदेव गौतमलाई मन्त्रिमण्डलमा समावेश नगर्नूनगराउनू

 रिटको किनारा नलागेसम्म उनलाई राष्ट्रिय सभा सदस्यका हैसियतले कुनै कामकारबाही गर्न नदिन माग गरिएको यसले संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने तर्क रिटमा गरिएको

 सत्तारूढ दल नेकपाले गौतमलाई २९ भदौमा राष्ट्रिय सभा सदस्यका रूपमा मनोनीत गर्ने निर्णय गरेको थियो त्यसैअनुरूप मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेकी थिइन्