धनगढी पोष्ट
आइतबार, ३२ जेठ २०७७ मा प्रकाशित
धनगढी,
कैलालीमा सार्वजनिक बस चालकलाई कोरोना पुष्टी भएको छ । शनिवार पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ७ का ४७ बर्षीय संक्रमित पुरूष कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पु¥याउन प्रयोग गरिएको बसका चालक रहेको खुलेको छ ।
धनगढी स्थित माया मेट्रो अस्पताल हुँदै शनिबार नवजीवन अस्पतालको आइसोलेसनमा उपचाररत ४७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी सार्वजनिक बस चालक रहेको खुलेको हो ।
बस चालक आफै बसका मालिक पनि हुन् । उनले भारतबाट आएका नेपालीलाई गड्डाचौकीबाट क्वारेन्टिनसम्म पुरयाउने गरेको नवजीवन अस्पतालका निर्देशक विदुरमणी ढकालले बताए । बिरामीमा निमोनिया देखिएपछि अस्पतालको आईसोलेसनमा राखेर उपचार भैरहेकोकामा अवस्था गम्भीर बनेपछि परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । ती बिरामीमा शनिबार राति ११ बजे कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
नवजीवनका निर्देशक पौडेलले कोरोना पुष्टिपछि ती बिरामीलाई सेती अस्पताल पठाईएको बताए । अहिले संक्रमितको कोरोना अस्पताल धनगढीमा उपचार भइरहेको छ ।