धनगढी पोष्ट
मङ्गलबार, ०६ असोज २०७७ मा प्रकाशित
धनगढी
बैतडी जिल्ला अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा नेपाल टेलिकम दार्चुलामा कार्यरत कर्मचारी सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालमा गरिएको ८३ जनाको स्वाव परिक्षणमा बैतडीका २र दार्चुलाका १ जनामा कारोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डक्बर जंग सिंहका अनुसार संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिका बैतडीका १ पुरुष, दोगडाकेदार गाउँपालिकाका १ पुरुष र नेपाल टेलिकम दार्चुलामा कार्यरत १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।