धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

सेतीको परिक्षणमा १७ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा १७ जनामा कोरोना पुष्टि

धनगढी

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा दुई सय ८७ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ ।

 प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका३ का दुई जना, वडा नम्वर १, ८ र १७ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यसै गरी कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका दुई÷दुई जनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र पुनरवास नगरपालिकाका तीन÷तीन जना, अछामको मेल्लेख६ का एक जना र ठेगाना नखुलेका एक जनामा समेत मंगलबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।