धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिमका थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका थप २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 मंगलबार सुदूरपश्चिमका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पताल र बैतडी जिल्ला अस्पतालको  प्रयोगशालामा गरिएको ३ सय ७० स्वाव मध्य २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 मंगलबार सेती प्रादेशिक अस्पतालमा गरिएको दुई सय ८७ जनाको स्वाव परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको आस्पतालले जनाएको छ ।

 प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मंगलबार संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका३ का दुई जना, वडा नम्वर १, ८ र १७ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

 यसैगरी कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकाका दुई÷दुई जनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र पुनरवास नगरपालिकाका तीन÷तीन जना, अछामको मेल्लेख६ का एक जना र ठेगाना नखुलेका एक जनामा समेत मंगलबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

 यसैगरी बैतडी जिल्ला अस्पतालमा गरिएको ८३ जनाको स्वाव परिक्षणमा बैतडीका २ र दार्चुलाका १ जनामा कारोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

 अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डक्बर जंग सिंहका अनुसार संक्रमण पुष्टि हुनेमा दशरथचन्द नगरपालिका बैतडीका १ पुरुष, दोगडाकेदार गाउँपालिकाका १ पुरुष र नेपाल टेलिकम दार्चुलामा कार्यरत १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 मंगलबार डडेल्धुरा र डोटीमा भने कुनै नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छैन । डडेल्धुरामा गरिएको १ सय ५५ र डोडीमा गरिएको ६८ स्वाव परिक्षणमा सवै नमूनाको नतिजा नेगेटिभ आएको छ ।