धनगढी पोष्ट
मङ्गलबार, ०६ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्य ५ हजार ७ सय ६७ जना कोरोना संक्रमण जितेर घर गएका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको तथ्याङ्क अनुसार हाल सम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ६७ जना अर्थात ८६ प्रतिशत नागरिक निकोभएर घर गएका छन् ।
हाल सम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।