धनगढी पोष्ट शुक्रबार, ०४ बैशाख २०८३   April 17, 2026

सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना संक्रमित निको भए

सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना संक्रमित निको भए

धनगढी

 सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत कोरोना संक्रमित निको भएर घर गएका छन् ।

 सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको तथ्याङ्क अनुसार मंगलबार सम्म सुदूरपश्चिममा ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५ हजार ७ सय ६७ जना निको भएर घर गएका छन् ।

 प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या  ८६ दशमलव शुन्य १ प्रतिशत रहेको छ ।

 सुदूरपश्चिम प्रदेशमा हाल सम्म ८० हजार ९७ जनाको स्वाव संकलन गरिएकोमा ७८ हजार ६ सय ६८ स्वाव पिसिआर विधिबाट परिक्षण गरिएका छन् ।

 परिक्षण भएका मध्य जसमध्य ७१ हजार ९ सय ८३ नमूनाको नतिजा नेगेटिभ रहेको छ, भने १ हजार ४ सय ९ स्वाव परिक्षण हुन बाँकी रहेका प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।