कोरोना कहर

डडेल्धुरामा स्टाफ नर्समा कोरोना संक्रमण

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जगदिश चन्द्र विष्टका अनुसार  अस्पतालमा कार्यरत ३३ बर्षीया स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी भएको हो ।

डडेल्धुरामा स्टाफ नर्समा कोरोना संक्रमण

 

धनगढी,

  डडेल्धुरामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएको छ ।  डडेल्धुरा अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

  अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जगदिश चन्द्र विष्टका अनुसार  अस्पतालमा कार्यरत ३३ बर्षीया स्टाफ नर्समा कोरोना संक्रमण पुष्टी भएको हो । स्टाफ नर्ससंगै स्वाव संकलन गरिएका अस्पतालमा कार्यरत ११ जना स्वास्थ्कर्मीको रिपोर्ट आउन भने बाँकी रहेको उनले बताए । उनका अनुसार कोरोना संक्रमित ती नर्स अहिले होम आइसोलेसनमा बसिरहेकी छन् ।

  यसअघि डडेल्धुरामा निजी क्लिनिकमा कार्यरत अनमिमा पनि कोरोना संक्रमण देखिएको थियो ।