धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

कर्मचारीमा संक्रमण पुष्टि पछि मालपोत कार्यालय कैलाली सिल

कर्मचारीमा संक्रमण पुष्टि पछि मालपोत कार्यालय कैलाली  सिल

धनगढी

   भुमी सुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज देखि शुक्रवार सम्मका लागि कार्यालय सिल गरिएको छ ।

   मंगलवार साँझ सेती प्रादेशीक अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा कर्मचारीका कोरोना देखिएपछि शुक्रवार सम्मका लागि कार्यालय सिल गरिएको भुमी सुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख मालपोत अधिकृत सुरेन्द्र केसीले जानकारी   दिए । उनले कार्यालयमा रहेका ५० जना कर्मचारीको आज पिसिआर गरिने बताए । कार्यालय सिल भएपछि सम्पुर्ण सेवा बन्द भएको छ ।

  तीन महिनादेखि सेवा बन्द भएकाले आइतवारदेखि सेवाग्राहीको भिड बढेको थियो, उनले भने,–‘सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्नका लागि आग्रह गर्दा समेत मान्दैनन् ।