धनगढी पोष्ट
बुधबार, ०७ असोज २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले गौरवका सडक आयोजना कालोपत्रे गर्ने काम शुरु गरेको छ ।
पहिलो चरणमा दैजी–जोगबुढा सडक खण्डको लिपना–गाइबाधे खण्डको साढे ११ किलोमिटर सडकका कालापत्रे गर्न शुरु गरिएको छ । बुधबार परशुराम नगरपालिकाको गाईबाधेमा प्रदेशका भौति पूर्वाधार विका मन्त्री पठानसिंह बोहराले कालोपत्रे शुभारम्भ गरेका छन् ।
पूर्वाधार विका कार्यालय डडेल्धुराले निर्माण गरिरहेको यस सडकको दैजी देखि लिपना सम्मको खण्डमा भने पूर्वाधार विकास कार्यालय कञ्चनपुरले काम गर्नेछ । सुदरपश्चिम प्रदेश सरकारको गौरवको योजना दैजी जोगबुडा चिरकिट्टे बेलापुर ढुंगाड देउरा सडक योजना अन्तर्गत गाइबाध–लिपना खण्डमा कालोपत्रे गर्ने का शुरु गरिएको हो । यस सडकको अन्य खण्डमा प्रारम्भिक चरणको काम भइरहको छ । पहिले नै सडक भएको स्थानमा स्तरोन्नति गर्दै कालापत्रे गर्ने र सडक नै नभएको स्थानमा ट्र्याक खोल्ने काम भइरहेको सो अवसरमा मन्त्री बोहराले जानकारी दिए ।