धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

बुधबार सुदूरपश्चिमका थप ७९ जनामा कोरोना पुष्टि

बुधबार सुदूरपश्चिमका थप ७९ जनामा कोरोना पुष्टि

धनगढी

   बुधबार सुदूरपश्चिम प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य कैलालीका मात्र ३५ जना रहेका छन् ।

   प्रदेशका सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परिक्षणमा थप ७९ जनामा संक्रमण  पुष्टि भएको हो ।

  यी तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण गरिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ३८ जनाको कोरोना परीक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख   छ ।

बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका वडा नम्वर २ का ८ जना र धनगढी उपमहानगरपालिका वडा नम्वर १३ का ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धनगढीकै वडा नम्वर १, ३ र ५ का दुई÷दुई जना, वडा नम्वर ४ , ११, १४ र १८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका ८ जना, भजनीका एक र कञ्चनपुरको कृष्णपुरका एक जनामा पनि कोरोना पुष्टि भएको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

 बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार संक्रमण पुष्टि भएका ८ जना अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाका हुन् ।

 यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ७२ जनाको कोरोना परीक्षण भएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । डोटीको आदर्श गाउँपालिकाका १३, दिपायल सिलगढाीका चार, अछामको रामारोशनका १६ र मेल्लेखका दुई जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।