धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

निसर्ग अस्पतालद्वारा रक्तदाता सम्मानित

निसर्ग अस्पतालद्वारा रक्तदाता सम्मानित


धनगढी
    धनगढी स्थित निजी क्षेत्रबाट सञ्चालित  निसर्ग अस्पतालले रक्तदान कार्यक्रम आयोजना गर्दै विश्व रक्तदाता दिवस मनाएको छ । 

   अस्पतलले सो अवसरमा सुदुरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने सञ्चारर्की दीपक नेपाल र शिक्षिका निशा पाण्डेयलाई सम्मान गरेको छ । सञ्चारकर्मी नेपालले अहिले सम्म ८० पटक रक्तदान गरेका छन् भने शिक्षिका पाण्डेयले नेगेटिभ रक्त समुहमा ८ पटक रक्तदान गरेकी छिन् । 

   उनीहरु दुबै जनालाई अस्पतालका अध्यक्ष तीर्थ पन्त र सञ्चालक कुबेर शाहीले दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका हुन् । 

    निसर्ग अस्पतालले यस अघि पनि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । 


ट्रेन्डिङ